ज्ञानेन्द्र शाही भन्छन्, “सुनको भन्सार दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन”

ज्ञानेन्द्र शाही भन्छन्, “सुनको भन्सार दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन”

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको भन्सार दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले सचिवहरूबाट ‘रेट बढाएर ग्रे लिस्टबाट हट्न सकिन्छ’ भन्ने भनाइ गलत भएको भन्दै त्यस्तो भ्रम नछरिन चेतावनी दिए।

बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी तथा गरगहनामा लगाइएको कर र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो। सो सन्दर्भमा शाहीले उक्त विधेयकले नेपालको सुन व्यवसाय समाप्त पार्ने खालको देखिएको दाबी गरे।

उनले भने, “यो त सुन भारतबाट किनेर ल्याउनू, नेपालभित्रको व्यवसाय बन्द गर भन्नेजस्तो हो। यस्तो काम भारतको एम्बेसीबाट भएको हो कि जस्तो देखिन्छ।”

शाहीले ग्रे लिस्टबाट बाहिरिन सम्पत्ति शुद्धिकरण र करको दायरामा ल्याउने जस्ता उपायहरू आवश्यक भएको उल्लेख गर्दै कर दर बढाउने कुरा समाधान नभएको स्पष्ट गरे। “सुन त पहिल्यै करको दायरामा छ। जसलाई ल्याउन बाँकी छ, त्यसलाई ल्याउनुपर्छ। सुनको दर बढाएर ग्रे लिस्टबाट बाहिर निस्किन्छ भन्ने नबोल्नुस्,” उनले भने।

उनले उक्त विधेयकले सुन व्यवसायसँग जोडिएका करिब १० लाख नेपालीको रोजगारी गुम्न सक्ने र हजारौं परिवारको घर उजाडिन सक्ने गम्भीर जोखिम रहेको चेतावनीसमेत दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स