सञ्चालन नाफा बढेसंगै गुराँस लघुवित्तको नाफा दोब्बर, कस्ता छन् अन्य सूचक ?

सञ्चालन नाफा बढेसंगै गुराँस लघुवित्तको नाफा दोब्बर, कस्ता छन् अन्य सूचक ?
Advertisement Ads

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतले वृद्धि भएको छ।  चालु  वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७७ लाख २८ हजार नाफा कमाएको थियो जुन यस वर्षको सोही अवधिमा  बढेर १ करोड ५४ लाख पुगेको छ।

यस त्रैमासमा कम्पनीको पनि बढेर ५ करोड ६४ लाख पुगेको छ। जुन गत वर्ष २ करोड ८९ लाख थियो । साथै, सञ्चालन नाफा गत वर्षको ७९ लाख ७६ हजारबाट बढेर चालू आवमा २ करोड ४५ लाख पुगेको छ।

यस्तै समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ। कम्पनीको चुक्ता पूँजी  ११ करोड ५८ लाख छ भने जगेडा कोषमा ४ करोड २६ लाख सञ्चित गरिएको छ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा पुगेको छ।

viber image 2025 01 20 08 27 22 221 https://bajarkochirfar.com/gurans-microfinances-profit-doubles-along-with-operating-profit-growth-what-are-the-other-indicators | %tags

यो पनि पढ्नुहोस् 

Advertisement Ads

ग्लोबल आईएमईले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिसेयर आम्दानी बढ्यो
https://bajarkochirfar.com/global-ime-earns-3-5-billion-rupees-in-profit-earnings-per-share-increase

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स