गार्डियन माइक्रो लाइफको आइपीओ भोली बाट खुल्दै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

गार्डियन माइक्रो लाइफको आइपीओ भोली बाट खुल्दै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोली पुस २१ गते आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन  गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन  गर्नेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति प्राप्त गरेको थियो। जसमध्ये २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। साथै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले १८ लाख ४५ हजार कित्ता सेयरमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आवेदन प्रक्रिया सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

कम्पनीको रेटिङ 

रेटिङ एजेन्सी केयर नेपालले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। केयर नेपालले २०८१ साउन २३ गते यो रेटिङ प्रदान गरेको हो, जुन २०८२ साउन २१ गतेसम्म मान्य रहनेछ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको अवधिमा कमाएको १ लाख ४५ हजार रुपैयाँभन्दा ३६३० प्रतिशतले बढी हो। यसका साथै, प्रतिसेयर आम्दानी (ईपीएस) ४.०४ रुपैयाँ पुगेको छ।

कम्पनीले कर्जा तथा लगानीबाट १ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। ५२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४९ लाख ६९ हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ लाख ५३ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको ५ महिनासम्ममा कम्पनीले १५ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स