गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान गार्डियन माइक्रो लाइफको बाँडफाँडको तयारी भइरहेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर ७ गते सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो। बोर्डले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको थियो। यसमा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि श्रम स्वीकृति, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूको लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीहरूको लागि, र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने १७ लाख बढीकाे हात खाली हुने भएकाे छ । पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुलेको यस आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १३.६६ गुणा बढी आवेदन परेको छ। यसरी, १९ लाख ८ हजार ४३१ आवेदकमध्ये करिब १७ लाख २३ हजार ५४३ जनाले सेयर पाउने संभावना नरहेको देखिएको छ।
प्रतिव्यक्ति न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिने भएकोले, १८ लाख ४५ हजार कित्ताबाट करिब १ लाख ८४ हजार ५ सय जनालाई १०-१० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। यसले गर्दा आवेदन दिएका करिब ९० प्रतिशत व्यक्तिलाई आईपीओ पर्ने छैन्। जस अनुसार, आवेदन दिएका मध्ये करिब ९.६६ प्रतिशत अर्थात् १० जनामा १ जनाले मात्र आईपीओ पाउने छन्।






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया