गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज पुस २१ गते आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुला भएको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति प्राप्त गरेको  थियो । जसमध्ये २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। साथै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुटाएको छ।

सर्वसाधारणले बाकी १८ लाख ४५ हजार कित्ता सेयरमा  आज पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आवेदन प्रक्रिया सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स