सेयरबजारमा हरियाली, नेप्से परिसूचक २७ अंकले उकालो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
सेयरबजारमा हरियाली, नेप्से परिसूचक २७ अंकले उकालो

साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अंकले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १ दशमलव ०१ प्रतिशतको वृद्धि हो।

आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।कारोबारमा सबै उपसमूह हरियाली देखिएका छन्। बैंकिङ समूह ०.६७ प्रतिशतले बढ्दा विकास बैंक ०.९५ प्रतिशत, वित्त १.८७ प्रतिशत, होटल तथा पर्यटन १.४८ प्रतिशत तथा जलविद्युत् समूह १.७१ प्रतिशतले उकालो लागेको छ।

त्यस्तै, लगानी समूह १.१० प्रतिशत, जीवन बीमा ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४० प्रतिशत, लघुवित्त ०.१६ प्रतिशत, म्युचुअल फन्ड ०.५५ प्रतिशत, निर्जीवन बीमा १.५२ प्रतिशत तथा अन्य समूह १.१३ प्रतिशतले बढेका छन्।

आजको कारोबारमा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य भने ६.५४ प्रतिशतले घट्दै आजको सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स