नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस आज आइतबार जिल्ला अदालत काठमाडौंमा सकिएको छ।
अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस सम्पन्न भएको हो। सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउने माग गरेका थिए।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा दमन भएको थियो। उक्त समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता लेखक गृहमन्त्री थिए। आयोगले दमनबारे जाँचबुझ गर्दै ओली–लेखकलाई फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
सिफारिसका आधारमा शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको थियो। अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली बिरामी भएकाले त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भए।
इजलास केहीबेरमा म्याद थपको निर्णय सुनाउने जनाएको छ।




















प्रतिकृया