बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, हेटौंडाले चालू आ.व. २०८१/०८३ को वार्षिक कार्यक्रम अनुसार माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि कृत्रिम बौद्धिकता (AI) र साइबर सुरक्षा (Cyber Security) सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सामुदायिक माध्यमिक विद्यालयहरूबाट प्रस्ताव माग गरेको छ। इच्छुक विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८२/चैत २५ गते सम्म) तोकिएको कार्यविधि बमोजिमका सर्तहरू पुरा गरी आवश्यक कागजातसहित निर्देशनालयको इमेल [email protected] मा वा प्रत्यक्ष कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्। विस्तृत विवरण र कार्यविधि निर्देशनालयको वेबसाइट edd.bagamati.gov.np मा उपलब्ध छ।
थप सुचनामा:

