सरकारले बीमा प्राधिकरणको अध्यक्ष पदका लागि माग्यो आवेदन, आवेदन शुल्क ७५०० तिर्नुपर्ने

सरकारले बीमा प्राधिकरणको अध्यक्ष पदका लागि माग्यो आवेदन, आवेदन शुल्क ७५०० तिर्नुपर्ने

नेपाल बीमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि गठित छनौट समितिले सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ। समितिले शनिबार सार्वजनिक सूचना जारी गर्दै कानुन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवश्यक कागजात, कार्ययोजना र प्रमाणपत्र सहित आवेदन दिन अनुरोध गरेको हो।

यसका लागि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारलाई सम्पर्क कार्यालय तोकिएको छ। आवेदकले गोप्य खामबन्दीमा आवेदन दिनुपर्नेछ। आवेदन शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ।

प्राधिकरणमा अध्यक्ष पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ। यसअघि भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन अध्यक्ष शरद ओझालाई पदमुक्त गरेपछि प्राधिकरण नेतृत्व रिक्त भएको हो।

पश्चात, भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यक्ष सिफारिसका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय सदस्य र डा. खोमराज खरेल विज्ञ सदस्य रहेका छन्।

Bima pradhikaran https://bajarkochirfar.com/government-invites-applications-for-the-post-of-chairman-of-insurance-authority-application-fee-of-rs-7500-to-be-paid | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स