स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा, को हुन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा, को हुन् ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गोरख शमशेर राणालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले राणालाई सीईओ बनाउने निर्णय गरेको हो। यससँगै, राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकका पहिलो नेपाली नागरिक सीईओ बनेका छन्।

स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकले सन् १९८७ मा आफ्नो कामकाज सुरु गरेको थियो र यसअघि सबै सीईओ विदेशी नागरिक नै थिए। अब, पहिलोपटक बैंकले नेपाली नागरिकलाई व्यवस्थापन नेतृत्व दिने निर्णय गरेको हो।

राणाले आफ्नो बैंकिङ करियर ग्रिनलेज बैंकबाट सुरु गरेका थिए, जुन पछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेर आफ्नो अधीनमा ल्याएको थियो। राणा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए। उनले प्रमुख कमर्शियल, कर्पोरेट र संस्थागत बैंकिङ, साथै ग्राहक कभरेजको जिम्मेवारी सम्हालेका थिए।

तीन दशकों भन्दा बढीको बैंकिङ अनुभव भएका राणाले एमबिए गरेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो, र यसअघि यो नेपाल ग्रिन्डलेज बैंकको नामबाट दर्ता भएको थियो। २०५८ असार २६ मा यसको नाम परिवर्तन गरेर स्ट्याण्डर्ड चार्टर्ड बैंक राखिएको हो।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स