ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। उक्त योजना १० वर्षे बन्दमुखी योजना हो। कम्पनीले असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुला गर्नेछ।
उक्त जारी गरिने १२ करोड इकाईमध्ये १.५ प्रतिशत अर्थात् १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई छुट्याइएको छ भने १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई दिइनेछ। बाँकी रहेको १० करोड २० लाख इकाई भने सर्वसाधारणका लागि बिक्रीमा गरिनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। उक्त योजनामा आवेदन दिने अन्तिम म्याद असार २५ गतेसम्म तोकिएको छ। यदि सो अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन अवधि साउन ४ गतेसम्म लम्बिनेछ। इच्छुक लगानीकर्ताले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।










![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया