नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त, को हुन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २ गते
नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त, को हुन् ?

नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एमए तथा एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन्।

केन्द्रीय बैंकमा सेवाकालमा उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धानलगायत विभिन्न विभागमा नेतृत्व गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स