instainsta

गर्जाङ उपत्यका हाइड्रोपावरले १० करोड बराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
गर्जाङ उपत्यका हाइड्रोपावरले १० करोड बराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
AdvertisementAds

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

यस सम्बन्धी सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा बिक्री गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स