कात्तिक २७ गते बस्दैछ गरिमा विकास बैंकको वार्षिक साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
कात्तिक २७ गते बस्दैछ गरिमा विकास बैंकको वार्षिक साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

लाभांश पारित गर्नका लागि गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक २७ गते बिहीबार,  होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।त्यसका साथै, सभाले बैंकको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अधिकार दिने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनी बनेका लगानीकर्ताहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स