समता शुल्कपछि अब बिजुलीको भ्याट पनि सच्याउन गगन थापाको सरकारसँग आग्रह

समता शुल्कपछि अब बिजुलीको भ्याट पनि सच्याउन गगन थापाको सरकारसँग आग्रह
Advertisement Ads

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयलाई स्वागत गर्दै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पनि पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता शुल्क सुरुदेखि नै अनुपयुक्त रहेको बताएका छन्। सरकारले सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था लागू नगर्ने निर्णय गरेकोलाई उनले सकारात्मक कदमको रूपमा लिएका छन्।

थापाले निजी अस्पताल र विद्यालयको सेवा लिने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी क्षेत्रको सेवा विलासिता नभई आवश्यकता बनेको बताएका छन्। निजी क्षेत्रलाई देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्ने उनको धारणा छ।

सेवा प्रवाहमै थप शुल्क वा करको भार बढाउने नीतिले समस्या समाधान नगर्ने उल्लेख गर्दै उनले समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको टिप्पणी गरेका छन्।

सरकारले गरेको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया यथाशीघ्र पूरा गर्नुपर्नेमा पनि थापाले जोड दिएका छन्।

Screenshot 21 7 2026 171632 www.facebook.com https://bajarkochirfar.com/gagan-thapa-urges-government-to-correct-electricity-vat-after-parity-fee | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स