instainsta

गगन थापाले सभापति पदबाट दिए राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ५ गते
गगन थापाले सभापति पदबाट दिए राजीनामा
AdvertisementAds

गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि उनले नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।

चुनावी परिणामपछि थापाले राजीनामाको तयारी गरेका भए पनि पार्टीका विभिन्न तहका नेताहरूले उनलाई निर्णय पुनर्विचार गर्न सुझाव र दबाब दिँदै आएका थिए।

निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका थापाको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। बैठक शुक्रबारका लागि बोलाइएको छ। हालसम्म पार्टीले उनको राजीनामा औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स