भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाइन्छ सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर



सन नेपाल लाइफ इन्स्योरेन्सले भोलि असार २३ गतेदेखि २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको छ। तीमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहका लागि र १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारणका लागि हुनेछन्।

उक्त सबै सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ रहेको छ। आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।


Advertisement

आवेदन असार २३ गतेदेखि असार ३० गतेभित्र पेश गर्नुपर्नेछ। आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको ठमेलस्थित कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय तथा कम्पनीका बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर