सन नेपाल लाइफ इन्स्योरेन्सले भोलि असार २३ गतेदेखि २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको छ। तीमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहका लागि र १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारणका लागि हुनेछन्।
उक्त सबै सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ रहेको छ। आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
आवेदन असार २३ गतेदेखि असार ३० गतेभित्र पेश गर्नुपर्नेछ। आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको ठमेलस्थित कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय तथा कम्पनीका बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया