आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने
Advertisement Ads

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।

कुल सेयरमध्ये संस्थापक समूहका ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहका ४ हजार ४९ कित्ता सेयर लकइनमा रहेका छन्, जसको लकइन अवधि आगामी वर्षको भदौ १४ गते समाप्त हुनेछ। बाँकी १ लाख ४० हजार ४५७ कित्ता सर्वसाधारण समूहका सेयरहरू भने लकइनमा छैनन्।

यी सेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री गरिनेछ र इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्। सर्वसाधारण समूहका लागि कम्तीमा १०० कित्ता र संस्थापक समूहका लागि कम्तीमा १,००० कित्ताबाट आवेदन दिनुपर्नेछ। अधिकतममा चाहिँ सम्बन्धित समूहका सम्पूर्ण उपलब्ध कित्ताका लागि आवेदन गर्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति साउन ३० गते तोकिएको छ। आवेदन फारम नेपाल एसबिआई मर्चेण्ट बैंकिङको ठमेल कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय तथा कम्पनीका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट प्राप्त गर्न सकिन्छ।

यस लिलामीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।

sun nepal life share auction https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-purchase-shares-of-sun-nepal-life-insurance-at-rs-100-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स