insta insta

जेठ ११ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने

जेठ ११ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने
Advertisement Ads

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। यी सेयरहरू सबै इच्छुक खरीदकर्ताले किन्न सक्नेछन्।

लिलामीमा राखिएका सेयरमध्ये १२ लाख ८५ हजार ४१ कित्ता संस्थापक समूहका र १ लाख ३५ हजार ९५६ कित्ता सर्वसाधारण समूहका छन्, जुन असार ७ गतेसम्म लकइनमा रहनेछन्। बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि सर्वसाधारण समूहकै हुन् तर ती लकइनमा परेका छैनन्।

लिलामीमा सहभागी हुन इच्छुक खरीदकर्ताहरूले जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १ सय कित्ता र अधिकतम उपलब्ध सबै कित्तासम्म माग गर्न सकिनेछ।

lilami share dordi khola https://bajarkochirfar.com/from-jestha-11-the-general-public-will-be-able-to-buy-shares-of-dordi-khola-hydropower-at-rs-100-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स