असार २४ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
असार २४ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यसअघि लिलामीमा विक्रि हुन नसकेर बाँकी रहेका ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको छ।

कम्पनीले सबै इच्छुक लगानीकर्ताले आवेदन दिन मिल्ने गरी उक्त सेयर लिलामीमा राख्न लागेको हो। लिलामीमा राखिएको सेयर सर्वसाधारण समूहतर्फको हो, जुन लकइनमा पर्दैन।

लिलामीमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा आवेदन दिन असार २४ गतेदेखि सकिनेछ भने अन्तिम मिति असार ३२ गतेसम्म तोकिएको छ।

बोलपत्र फाराम सानिमा क्यापिटल लिमिटेडको नक्साल, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुनेछ। साथै, गरिमा विकास बैंकको बागलुङ शाखाबाट पनि फाराम प्राप्त गर्न सकिनेछ।

यसअघि कम्पनीले गरेको लिलामीमा लकइनमा नपर्ने सेयरको कट अफ प्राइस २७० रुपैयाँ कायम भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स