instainsta

‘फ्रि भिसा–फ्रि टिकट’ खारेज गर्नुपर्छ: श्रममन्त्री भण्डारी

‘फ्रि भिसा–फ्रि टिकट’ खारेज गर्नुपर्छ: श्रममन्त्री भण्डारी
AdvertisementAds

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्न आवश्यक भएको बताएका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन यो व्यवस्था हटाउनुपर्ने स्पष्ट पारे।

मन्त्री भण्डारीले आगामी एक महिनाभित्र वैदेशिक रोजगारी क्षेत्रमा देखिएका सबै ‘सिण्डिकेट’ तोड्ने दाबी पनि गरे। उनले मजदुरलाई बाध्यतामा पार्ने खालका सबै कार्यविधि खारेज गरिने र आवश्यक नीतिगत सुधार गरिने बताए।

उनले बाहिरबाट हेर्दा ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था राम्रो देखिए पनि यो राजश्व चुहावट, कर छली र संगठित अपराधलाई बढावा दिइरहेको टिप्पणी गरे।

भण्डारीले यस क्षेत्रमा नेपाल अझै श्रमिकमैत्री बन्न नसकेको उल्लेख गर्दै समीक्षा आवश्यक रहेको बताए। उनले अन्तरिम सरकारले वैदेशिक रोजगारीसम्बन्धी कार्यविधि संशोधन गर्न समिति बनाएको र सरोकारवालासँग छलफल भइरहेको जानकारी समेत दिए। मन्त्री भण्डारीले भने,“यस्ता पपुलिस्ट मुद्दालाई लिएर हामी कहिलेसम्म गुमराहमा पर्ने? त्यसकारण यसलाई खारेज गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स