महुली लघुवित्तको एफपीओ आजदेखि खुला

महुली लघुवित्तको एफपीओ आजदेखि खुला
AdvertisementAds

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारदेखि थप सार्वजनिक निष्काशन (एफपीओ)का लागि आवेदन खुला गरेको छ। लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन पुस ९ गतेसम्म दिन सकिने भए पनि सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन मिति पुस १९ गतेसम्म लम्बिन सक्नेछ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सक्छन्। साथै, मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी सहजै आवेदन दिने सुविधा पनि उपलब्ध छ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ, जुन एफपीओ निष्काशनपश्चात् ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स