SHAREHUBSHAREHUB

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १३ गते
AdvertisementAds
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाअनुसार विद्यमान संस्थापक सेयरधनीका लागि आजदेखि सेयर बिक्री खुला गरिएको हो। इच्छुक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यद्यपि बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन।

आवेदन काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिने बैंकले जनाएको छ। तोकिएको समयसीमाभित्र आवेदन प्राप्त नभए अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स