SHAREHUBSHAREHUB

खल्तीका पूर्व सीईओ विनय खड्काले सुरु गरे नयाँ फिनटेक स्टार्टअप, लगानीदेखि वित्तीय सेवामा सरलीकृत गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ३ गते
AdvertisementAds
खल्तीका पूर्व सीईओ विनय खड्काले सुरु गरे नयाँ फिनटेक स्टार्टअप, लगानीदेखि वित्तीय सेवामा सरलीकृत गर्ने
AdvertisementAds

खल्तीका पूर्व सीईओ विनय खड्काले नयाँ फिनटेक स्टार्टअप ‘ट्रस्ट ब्रिज क्यापिटल’ स्थापना गरेका छन्। खड्काले यो कम्पनीमार्फत नेपालमा वित्तीय सेवा, लगानी र ऋण पहुँचलाई अझ सजिलो, पारदर्शी र डिजिटल बनाउने लक्ष्य राखेको बताए।

उनका अनुसार, ट्रस्ट ब्रिज क्यापिटलले ऋण लिने प्रक्रिया, लगानी योजना बनाउने तरिका र वित्तीय निर्णय लिनुपर्ने कामलाई प्रविधिमार्फत सरल बनाउने छ। कम्पनीले मोर्टगेज, डिजिटल लोन, क्यापिटल मार्केटका सेवा, बीमा तथा लगानीको प्रक्रिया सरलीकृत र डिजिटल बनाउने तयारी गरेको छ।

खल्तीका पूर्व सीईओ खड्का यसअघि खल्ती र आईएमई पेको मर्जरपछि बनेको संयुक्त कम्पनी आईएमई–खल्ती लिमिटेडका सीईओका रूपमा कार्यरत थिए। खल्तीमा उनको कार्यकाललाई युवामैत्री फिचरहरूको विकास, डिजिटल मनोरञ्जन सेवाहरूको विस्तार र खल्तीलाई ‘लाइफस्टाइल एप’को रूपमा स्थापित गर्न महत्वपूर्ण रहेको मानिन्छ।

सीईओ पदबाट बाहिरिएपछि उनले फिनटेक क्षेत्रमा नै आफ्नो नयाँ यात्रा सुरु गरेका हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स