विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने योजना बनाएको छ। पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गरिनेछ। धानको समर्थन मूल्य प्रति क्विन्टल रु. ३,५८०.६२ तोकिएको छ, जुन बजार भाउभन्दा माथि भएकाले किसानले सहजै धान बिक्री गर्ने अपेक्षा गरिएको छ।
यस वर्ष झापामा कुल तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादकत्व सामान्य रूपमा बढेको छ। यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएको र प्रतिहेक्टर उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन रहेको छ।
गत वर्षको तुलनामा यस वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान बढी उत्पादन भएको छ। केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ जस्ता जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्र उत्पादनमा वृद्धि भएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया