SHAREHUBSHAREHUB

आईपीओको तयारीमा रहेको फोनपेले सीईओमा दिवस सापकोटालाई दोहोर्‍यायो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
AdvertisementAds
आईपीओको तयारीमा रहेको फोनपेले सीईओमा दिवस सापकोटालाई दोहोर्‍यायो
AdvertisementAds

आईपीओको तयारीमा रहेको फोनपेले दिवस सापकोटालाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोहोर्‍याएको छ। फोनपे पेमेन्ट सर्विस लिमिटेडको सञ्चालक समितिले उनलाई सन् २०२६ अप्रिल १६ देखि लागू हुने गरी आगामी चार वर्षका लागि दोस्रो कार्यकालको जिम्मेवारी दिएको हो।

सापकोटा सन् २०१९ मा प्रमुख प्राविधिक अधिकृतका रूपमा फोनपेमा आबद्ध भएका थिए। त्यसपछि सहायक सीईओ हुँदै सन् २०२२ देखि उनले सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्। फोनपेमा आउनुअघि उनी नेपाल क्लियरिङ्ग हाउसमा कार्यरत थिए।

उनकै नेतृत्वमा फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उल्लेखनीय विस्तार गरेको छ। अहिले देशका ७७ वटै जिल्लामा २० लाखभन्दा बढी व्यवसायी फोनपेसँग जोडिएका छन्। कम्पनीमार्फत दैनिक २५ लाखभन्दा बढी कारोबार हुँदै आएको छ भने कारोबार रकम २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। सीमापार भुक्तानी सेवा सुरु गर्नु र भर्चुअल क्रेडिट कार्ड जस्ता सेवा ल्याउनु उनका कार्यकालका महत्वपूर्ण उपलब्धि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स