instainsta

फर्स्ट माइक्रोफाइनान्सको त्रैमासिक रिपोर्ट कमजोर

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १७ गते
फर्स्ट माइक्रोफाइनान्सको त्रैमासिक रिपोर्ट कमजोर
AdvertisementAds

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशतले थोरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा नाफामा गिरावट आएको हो। खुद ब्याज आम्दानी ३७.९४ प्रतिशतले घटेर १५ करोड ७० लाख रुपैयाँ आएको छ भने खुद फि तथा कमिशन आम्दानी ८०.४७ प्रतिशत घटेको छ। यसका साथै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.५९ प्रतिशत र सञ्चालन मुनाफा ४५.९४ प्रतिशत घटेको छ।

कम्पनीको खराब कर्जा अनुपात ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेको छ।

नाफामा गिरावटसँगै प्रतिशेयर आम्दानी पनि घटेर ७ रुपैयाँमा आएको छ भने प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ ।

१ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको वितरणयोग्य नाफा ५ करोड १९ लाख रुपैयाँ पुगेको छ। यस्तै जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स