काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा प्राथमिक उपचार तालिम दिइने, उपप्रमुख डङ्गोलको उपस्थितिमा सम्झौता सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ५ गते
काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा प्राथमिक उपचार तालिम दिइने, उपप्रमुख डङ्गोलको उपस्थितिमा सम्झौता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोलका समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले आज आयोजित कार्यक्रममा सो सम्बन्धी  सम्झौतमा हस्ताक्षर गरे ।

कार्यक्रममा महानगरका वरिष्ठ अधिकृत र रेडक्रस काठमाडौँ शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र शाखा अधिकृत बालकृष्ण श्रेष्ठको उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स