नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा मागेका छन्। उनले प्रतिनिधि सभाको बैठकमा अर्थ समितिमा छलफल भइरहेका विधेयकको बीचमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१’ ल्याउनु विधिविपरीत भएको भन्दै आपत्ति जनाए।
सांसद लामाले भने, “०८१ साउन ३२ गते पेस गरिएको विधेयकलाई छल्दै अध्यादेश ल्याउनु गैरसंवैधानिक हो, त्यसैले अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहोस्।” उनले संविधानको धारा ११० अनुसार संसदमा दर्ता भएको विधेयक संसदीय प्रक्रियाबाटै टुंग्याउनुपर्ने बताउँदै, अध्यादेश फिर्ता गर्नुपर्ने र लोकतन्त्रको रक्षा गर्न सबै सांसदहरू एकजुट हुनुपर्ने धारणा राखे।
सांसद लामाले सरकारले लोकतान्त्रिक प्रक्रियाको उल्लंघन गर्दै अध्यादेश ल्याएको आरोप लगाउँदै, यसलाई लोकतन्त्रको अवमूल्यन भएको र संसदलाई छलेको बताए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया