संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत हुने सम्भावना छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिने कार्यसूची पनि तय गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्नेछन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया