SHAREHUB SHAREHUB

अर्थमन्त्री खनालले रातो पासपोर्ट फिर्ता गरे

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
Advertisement Ads
अर्थमन्त्री खनालले रातो पासपोर्ट फिर्ता गरे
Advertisement Ads

अर्थमन्त्री रामेश्वर खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा सरकारले उपलब्ध गराएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयलाई फिर्ता गरेका छन्। डीए ०००२७१० नम्बरको रातो पासपोर्टको प्रयोजन समाप्त भएकाले उनले फिर्ता गर्ने निर्णय गरेका हुन्।

मन्त्री खनालले उक्त राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा फिर्ता बुझाइदिन अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्राचार गरेका छन्।

कूटनीतिक राहदानी सामान्यतया मन्त्री, उच्च सरकारी पदाधिकारी तथा कूटनीतिक जिम्मेवारीमा रहेका व्यक्तिलाई प्रदान गरिने विशेष प्रकारको राहदानी हो। यस्तो राहदानी पद वा जिम्मेवारी समाप्त भएपछि फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ।

649509378 2112670129566644 2889368709065712980 n https://bajarkochirfar.com/finance-minister-khanal-returns-red-passport | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स