फाइनान्स कम्पनीको नाफा १९ करोड पुग्यो, पाँच कम्पनी अझै घाटामै

फाइनान्स कम्पनीको नाफा १९ करोड पुग्यो, पाँच कम्पनी अझै घाटामै

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरूले झण्डै १९ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन्। कम्पनीहरुले प्रकाशन गरेको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीहरूको समग्र नाफा १८ करोड ९६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशतले थोरै हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उनीहरूले २० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

समग्र रूपमा हेर्दा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी आईसीएफसी फाइनान्स रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४८६.३१ प्रतिशतले बढी हो। त्यसपछि मन्जुश्री फाइनान्स दोस्रो स्थानमा रहेको छ, जसले सो अवधिमा १७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। मन्जुश्रीको नाफा अघिल्लो वर्षको तुलनामा १३.३३ प्रतिशतले वृद्धि भएको छ।

यो पनि पढ्नुहोस्: ज्योति विकास बैंकको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक | BAJARKO CHIRFAR

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले ९ करोड ४ लाख, पोखरा फाइनान्सले ७ करोड १९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ४ करोड ९१ लाख, गुहेश्वरी फाइनान्सले ३ करोड २४ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख, गुडविल फाइनान्सले १ करोड ५२ लाख र नेपाल फाइनान्सले १७ लाख रुपैयाँ नाफा कमाएका छन्।

यता, अझैपनि पाँचवटा फाइनान्स कम्पनी भने तेस्रो त्रैमाससम्म पनि घाटामै रहेका छन्। ती कम्पनीहरूले समग्रमा ४७ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्। तीमध्ये सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनी रिलायन्स फाइनान्स हो, जसले १७ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। दोश्रोमा जानकी फाइनान्सले १२ करोड ८३ लाख, वेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गोर्खाज फाइनान्सले ६ करोड २१ लाख र समृद्धि फाइनान्सले ३ करोड ५७ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।

Q3 42 https://bajarkochirfar.com/finance-companys-profit-reaches-190-million-five-companies-still-in-loss | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स