१० निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने

Advertisement Ads
१० निर्माण कम्पनीलाई अन्तिम चेतावनी, सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा पर्न सक्ने
Advertisement Ads

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा आयोजना नपुर्याउने १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको छ।

कार्यालयले निर्माण कार्य समयमै सम्पन्न नगरेका कारण ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण मागेको हो। आज सार्वजनिक गरिएको सूचनामा कार्यालयले विभिन्न निकायहरूबाट प्राप्त निवेदनका आधारमा ती कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको उल्लेख छ।

सूचनामा भनिएको छ, कालोसूचीमा राख्न नपर्ने कुनै ठोस आधार भएमा सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ।

सार्वजनिक खरिद ऐन, २०६४ को व्यवस्था अनुसार कम्पनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।

Screenshot 2025 05 05 074638 QFUGqSyfjZ 1746413395 1 https://bajarkochirfar.com/final-warning-to-10-construction-companies-they-may-be-blacklisted-if-they-do-not-provide-an-explanation-within-seven-days | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स