जन ज्योति बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको विदाई कार्यक्रम सम्पन्न

जन ज्योति बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको विदाई कार्यक्रम सम्पन्न

रौतहट चन्द्रनिगाहपुरको जन ज्योति बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्ष र स्नातकोत्तर चौथो तहका विद्यार्थीहरूलाई बिदाइ तथा सम्मान गर्ने भव्य समारोह सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरू, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहको उद्घाटन संघीय सांसद देव प्रसाद तिमल्सिनाले पानसमा बत्ति बालेर गरे उनले सामुदायिक क्याम्पसहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रका लागि गुणस्तरीय र सुलभ शिक्षाको आधार भएको बताए। “जन ज्योति क्याम्पस सामुदायिक शिक्षाको उत्कृष्ट नमुना हो,” सांसद तिमल्सिनाले भनिन्।

कार्यक्रम स्ववियु सभापति नौसाद आलमको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कार्की, प्राचार्य राजन श्रेष्ठ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

502742378 3074884862677351 8761707344483509378 n https://bajarkochirfar.com/farewell-program-for-undergraduate-and-postgraduate-students-completed-at-jana-jyoti-multiple-campus | %tags

क्याम्पस समितिका अध्यक्ष सञ्जय कार्कीले सामुदायिक क्याम्पसप्रति समुदायको बढ्दो विश्वासप्रति आभार प्रकट गर्दै शिक्षा व्यापार नभइ समाज निर्माणको आधार भएको उल्लेख गरे। उहाँले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यप्रति सचेत रहँदै सुधारात्मक कार्यक्रमहरू अगाडि बढाइने प्रतिबद्धता जनाए -।

प्राचार्य राजन श्रेष्ठले बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै क्याम्पसमा शिक्षण गुणस्तर सुधारका लागि गरिएको पहलबारे जानकारी दिए। नियमित कक्षा, समयमै परीक्षा, आन्तरिक मूल्याङ्कन, र सकारात्मक शैक्षिक वातावरणमार्फत क्याम्पसले विद्यार्थी अनुशासन र समर्पणलाई प्रोत्साहन गर्दै आएको उनको भनाइ थियो।

नगर प्रमुख सञ्जय कुमार काफ्लेले शिक्षा क्षेत्रमा स्थानीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै जन ज्योति क्याम्पसलाई अझ सशक्त बनाउने दिशामा सहकार्य गरिने बताए।

कार्यक्रममा विभिन्न अतिथि वक्ताहरूले सामुदायिक क्याम्पसहरूले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धन, अवसर सिर्जना, र विद्यार्थी नेतृत्व विकासमा पुर्‍याएको योगदानबारे धारणा राखे।

बिदाइ समारोहमा विद्यार्थीहरूलाई मायाको चिनो, फूलमाला, तथा सम्मान प्रदान गरियो। प्रतिनिधि विद्यार्थीहरूले आफ्नो अनुभव बाँड्दै क्याम्पसबाट पाएको शिक्षात्मक मार्गदर्शन र समर्थनप्रति आभार व्यक्त गरे।

समापनमा सभापति नौसाद आलमले सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै स्ववियुले विद्यार्थीका हक, अधिकार तथा सहुलियत सुनिश्चित गर्न सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स