SHAREHUBSHAREHUB

फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
AdvertisementAds
फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो: केपी ओली
AdvertisementAds

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनमा विशेष संयोगको दिन भएको बताएका छन्।

बिहीबार फेसबुकमार्फत ओलीले फागुन २१ लाई आफूले कहिल्यै नबिर्सने दिनका रूपमा स्मरण गरेका छन्। ‘आज मेरो जीवनका दुई संयोग भएको दिन हो,’ उनले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस पनि हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।’

यी दुवै घटनाले आफूले जीवनमा पुनर्जीवन पाएको अनुभूति भएको उनले उल्लेख गरेका छन्। ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन्।

ओलीले झापा आन्दोलनको स्मरण गर्दै त्यसले निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको बताएका छन्। सो आन्दोलनका क्रममा आफूलाई पनि जेल हालिएको उनले उल्लेख गरेका छन्। उनले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको स्मरण गरेका छन्।

जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्किएको पनि उनले बताएका छन्। साथै, उनले १४ वर्ष कठोर कारावास बिताएको उल्लेख गरेका छन्।

AdvertisementAds

ओलीले देशलाई लोकतन्त्रको उज्यालो बिहानमा पुर्‍याउन बलिदान दिएका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

अन्त्यमा उनले ‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ भन्दै उक्त दिनलाई विशेष रूपमा स्मरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स