instainsta

राजस्व संकलनभन्दा खर्च झन्डै १ खर्ब २० अर्बले बढी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
राजस्व संकलनभन्दा खर्च झन्डै १ खर्ब २० अर्बले बढी
AdvertisementAds

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सरकारले कुल ८ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ। सोही अवधिमा सरकारको राजस्व संकलन भने ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँमा सीमित रहेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

यो अवधिमा सरकारले चालु खर्चमा ५ खर्ब ८४ अर्ब १३ करोड, पूँजीगत खर्चमा ८२ अर्ब ३४ करोड, र वित्तीय व्यवस्थासम्बन्धी खर्चमा १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ।

यता, राजस्व संकलनको पक्ष हेर्ने हो भने, समग्रमा सरकारको राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ। यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिने रकमसमेत समावेश गरिएको छ। राजस्वमध्ये करबाट ६ खर्ब ३८ अर्ब ८० करोड र गैर-कर श्रोतबाट ८१ अर्ब ५५ करोड रुपैयाँ संकलन गरिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यस अवधिमा नेपाल सरकारका विभिन्न खातामा जम्मा भएको नगद मौज्दात ३ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स