instainsta

एभरेष्ट कलरको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २२ गते
एभरेष्ट कलरको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २७ गतेसम्म तोकिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ। आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स