एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, खराब कर्जा ०.३८ प्रतिशतमा सीमित हुँदा लाभांश क्षमता ३८.२७ प्रतिशत

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, खराब कर्जा ०.३८ प्रतिशतमा सीमित हुँदा लाभांश क्षमता ३८.२७ प्रतिशत

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३२.८० प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्ममा एभरेष्ट बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १७.४८ प्रतिशतले बढेर ११ अर्ब १६ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यता, सञ्चालन नाफा ३१.५८ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख  रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ, वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ।

बैंकको लाभांश बाँड्ने क्षमता ३८.२७ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ। यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 4 https://bajarkochirfar.com/everest-banks-profit-is-4-91-billion-rupees-with-bad-debt-limited-to-0-38-percent-resulting-in-a-dividend-potential-of-38-27-percent | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स