धितोपत्र बोर्ड नेपालले सेयर निष्काशनमा ढिलाइ गर्दा ऊर्जा क्षेत्रमा लगानी गरेका लगानीकर्ताले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन्। २०८० साल जेठपछि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाइका कारण ९७५ मेगावाट बराबरको आयोजनामा काम गर्दै आएका ४३ आईपीओ र ७ राइट सेयर कम्पनी, कुल ५० कम्पनीले आफ्नो परियोजना समयमै अघि बढाउन नसक्दा यति धेरै रकम गुमाउनु परेको हो।।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्ययन अनुसार, समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख रुपैयाँ निष्काशन हुन सकेन। ढिलाइका कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज बढ्यो भने निर्माण लागत २४ अर्ब ३० करोड ६७ लाख रुपैयाँले बढेको छ। यससँगै ७१ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ राजस्व पनि गुमाउनु परेको उल्लेख छ।
यस अवधिमा १० कम्पनीलाई आईपीओको अनुमति दिइएको छ भने ११ कम्पनीलाई मात्र राइट सेयरको अनुमति दिइएको छ।
इप्पान अध्यक्ष गणेश कार्कीले सेबनलाई पत्र लेख्दै, आईपीओका लागि आवेदन दिएका कम्पनीलाई पुनः सहभागी गराई तुरुन्त आईपीओ जारी गर्नुपर्ने, उत्पादनपछि निष्काशन र छुट्टाछुटै आइजिन (ISIN) कार्यान्वयन नगर्नुपर्ने, र समस्या समाधान नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।








![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)





![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)

![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया