दार्चुलाका दुई मतदान केन्द्रमा हालसम्म कुनै पनि मतदाता मतदान गर्न नआएको पाइएको छ।
मुख्य निर्वाचन अधिकृतका अनुसार नौगाड गाउँपालिका र अपि हिमाल गाउँपालिकाका दुई मतदान केन्द्रमा अहिलेसम्म एक जना पनि मतदाता उपस्थित भएका छैनन्।
अपि हिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय मतदान केन्द्रमा ६०२ जना मतदाता रहेका छन् भने नौगाड गाउँपालिकाको गौरीशंकर माध्यमिक विद्यालय (नागु) मतदान केन्द्रमा २४६ जना मतदाता छन्। तर दुवै केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।
२०७४ सालको वडा विभाजनप्रति असन्तुष्टि जनाउँदै स्थानीयले यसअघिदेखि नै मतदान बहिष्कार गर्दै आएका थिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया