प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुपन्देहीमा मतदान सम्पन्न भएसँगै आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार साँझ ५ बजेसम्म जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको उनले बताए।
रुपन्देहीमा पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। जिल्लाभर कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्।
मतदाताले २१३ मतदान स्थल र ७३६ मतदान केन्द्रबाट मतदान गरेका थिए।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा पुर्याउने काम भइरहेको छ।
सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर सकेसम्म आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया