दाङ क्षेत्र नं. ३ अन्तर्गत बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत खसेको छ भने बबई–७ मलैमा मतदान अझै सुरु हुन सकेको छैन।
वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई–१ को गंगटे र भाङोबारीमा मतदान जारी छ। बबई–१ को जिल्ला मतदान केन्द्रमा ८८२ मतदाता रहेका छन् भने बबई–७ मलैमा ५३० मतदाता छन्।
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। वन्यजन्तु र मानिसबीच बढ्दो द्वन्द्वका कारण स्थानीयले बस्ती स्थानान्तरण (पुनर्वास)को माग गर्दै आएका छन्। वन्यजन्तु प्रभावित स्थानका बासिन्दाहरूले ‘नो–भोट’ दिने तयारी गरेका छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया