असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १५ गते
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गरिने
AdvertisementAds

सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। यस सम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायद्वारा जारी सूचना अनुसार हालसम्म यो शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता नगरे सो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ।

चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गत साउन ५ गते यो शुल्क खारेज गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स