ई-सेवाले माग्यो कर्मचारी, योग्यता कति चाहिन्छ ?
ई-सेवाले धनगढी शाखाका लागि शाखा इन्चार्ज पदमा आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारले स्नातक तह उत्तीर्ण गर्नुपर्नेछ भने स्नातकोत्तरलाई प्राथमिकता दिइनेछ।
साथै, कम्तीमा ४ वर्षको नेतृत्वदायी अनुभव आवश्यक छ। वैध लाइसेन्ससहितको दुई पांग्रे सवारी साधन अनिवार्य गरिएको छ।
योग्यता पूरा गर्ने उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) तथा कभर लेटर [email protected] मा पठाउन सक्नेछन्।