कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरिएको हो।
भुसालले प्रहरीकै सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको स्वीकार गरेका छन्। उनले शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि तस्बिर खिचेको बताए। फेसबुकमा उक्त तस्बिर पोस्ट गरेपछि रास्वपाका कार्यकर्तामार्फत् भाइरल भएको भुसालको दाबी छ। उनले आफू रास्वपाको सदस्य नभएको र यस कदमले गल्ती भएको स्वीकार गरेका छन्।
कास्की प्रहरीले लामिछाने पक्राउ परेपछि कार्यालयभित्र मोबाइल लैजान रोक लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएको जनाएका छन्। फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए। कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदम साइबर कानुनको उल्लङ्घन भएको उल्लेख गरेको छ। पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाउने तयारी भइरहेको एसएसपी भट्टराईले बताएका छन्।
















प्रतिकृया