दोल्ती पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न साउन २२ गते विशेष साधारणसभा बोलाएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा हुने सभाले हालको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र त्यसबाट उठेको रकमको उपयोगबारे निर्णय गर्नेछ।
साथै, आवश्यक परेमा नियामक निकायको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
त्यसैले साउन १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।




















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया