नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।जस अनुसार पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।














प्रतिकृया