एकैपटक डिजलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढ्यो; निगम भन्छ, ‘समायोजन गर्दा पनि अर्बौँ घाटा छ’

एकैपटक डिजलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढ्यो; निगम भन्छ, ‘समायोजन गर्दा पनि अर्बौँ घाटा छ’

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले हिजो बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

fuel price hike nepal notice 1776303660073 https://bajarkochirfar.com/diesel-price-suddenly-increased-by-rs-30-per-liter-corporation-says-even-after-adjustment-there-is-a-loss-of-billions | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स