नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिमा ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएलगत्तै आङ्देम्बेले रास्वपा सांसदहरूमाथि आक्रामक रूपमा प्रस्तुत भएका हुन् । उनले रास्वपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन भन्ने प्रश्नसमेत उठाएका छन् ।
आङ्देम्बेले भने,“’सत्ताको टेपले टालिएका ती ओठहरू सत्यको पक्षमा बोल्न सकेनन्, उठेनन् । नेपालको संसद्को बहुमत सांसदहरूले स्वीकारेका छन् कि नेपालले भारतको सीमा मिचेकै हो । १८१ वटा हातहरूले गडगडाहट ताली बजाएर समर्थन जनाएर राति निद्रा लाग्यो कि लागेन म सोध्न चाहन्छु ।’”



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया