शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको परामर्शपछि बुधबार मन्त्रिस्तरीय निर्णयमार्फत उक्त शुल्कमा पूर्ण छुट दिने निर्णय गरेका हुन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। शुल्क लागू भएपछि विभिन्न तहबाट जनगुनासो बढ्न थालेपछि सरकारले त्यसबारे पुनर्विचार प्रक्रिया अघि बढाएको थियो।

यसैक्रममा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच शुल्क हटाउने विषयमा लामो छलफल भएको थियो। त्यसपछि मंगलबार प्रधानमन्त्रीले उक्त शुल्क हटाउने प्रक्रिया सुरु गरिने सार्वजनिक घोषणा गरेका थिए।

आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा सोही ऐनको दफा १८ को उपदफा (१) बमोजिम पूर्ण छुट दिने मन्त्रिस्तरीय निर्णय बुधबार गरिएको हो। उक्त निर्णय आजको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स